काठमाडौं । लिपमोटर ब्रान्डका गाडीहरू नेपालमा आधिकारिक रूपमा आयात गर्ने साइट्रिला मोटर्स प्रा.लि. ले साउन १४ गते काठमाडौंको आफ्नै शोरूममा लिपमोटर B10 को सिक्र प्रिभ्यू सम्पन्न गरेको छ । सो कार्यक्रममा केही मिडिया प्रतिनिधि र अटो पारखीहरूलाई आम निम्तो दिइएको थियो, जसमा उनीहरूले यो नयाँ इलेक्ट्रिक गाडीलाई प्रत्यक्ष अवलोकन गर्ने मौका पाए ।
स्मार्ट डिजाइन, नवीनतम प्रविधि, र प्रयोगमा सहजताको कारण लिपमोटर B10 ले पहिलो झलकमै उत्सुकता र चासो आकर्षित गरेको देखिएको छ । लिपमोटर B10 मा ६१.९ kWh क्षमताको ब्याट्री छ, जसले एकपटकको पूर्ण चार्जमा WLTP मापदण्डअनुसार ४५० किलोमिटर सम्मको रेञ्ज प्रदान गर्छ । १६० kW को मोटर पावरसहित यस गाडीले स्मूथ र प्रिमियम ड्राइभिङ अनुभव दिनेछ । सुरक्षा पक्षमा पनि यो कार निकै अगाडि रहेको छ, किनभने यसले यूरोपेली NCAP बाट पाँच तारेको सुरक्षा रेटिङ प्राप्त गरेको छ ।
यो गाडी पहिलो पटक नेपाली बजारमा ल्याइएको हो र नयाँ पुस्ताको इलेक्ट्रिक सवारी साधनका रूपमा हेरिएको छ । कम्पनीका अनुसार लिपमोटर B10 को अनुमानित मूल्य रु. ६० लाखभन्दा कम हुनेछ भने यसको सार्वजनिक प्रदर्शन साउन २३ देखि २५ गतेसम्म काठमाडौंको भद्रकालीस्थित सैनिक मञ्चमा हुने NAIMA नेपाल मोबिलिटी एक्स्पो २०८२ मा गरिनेछ ।
साइट्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोकुलदासले सिक्र प्रिभ्यूको अवसरमा भने, “आजको कार्यक्रमले गाडीको झलक मात्र दिएको हो । डिजाइन, प्रविधि र परफर्मेन्स सबै हिसाबले लिपमोटर B10 एक ‘पर्फेक्ट 10’ हो। हामी यसलाई सार्वजनिक रूपमा एक्स्पोमा ल्याउने तयारीमा छौं ।”
गोकुलदास अर्गनाइजेशन अन्तर्गत सञ्चालनमा रहेको साइट्रिला मोटर्सले भविष्यमा स्मार्ट, वातावरणमैत्री र अत्याधुनिक गाडीहरू नेपाली बजारमा भित्र्याउने प्रतिबद्धता पुनः दोहोर्याएको छ ।
Comments are closed.