काठमाडौं । नेपालको विद्युतीय सवारी साधनको बजारमा आज एक नयाँ अध्याय थपिएको छ । मोरिस ग्यारेज (एमजी) को आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आज काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गर्दै नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी, एमजी आईएम ६ लाई भव्य रूपमा सार्वजनिक गरेको छ ।
एआई इन्टेलिजेन्स (AI) द्वारा संचालित यस आईएम ६ ले अत्याधुनिक डिजाइन, बौद्धिक सुविधाहरू र नवीनतम प्रविधिको साथ नेपाली ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्नेछ । यो गाडी अब देशभरका सम्पूर्ण अधिकृत एमजी डिलरशिपहरूमा टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध छ ।
पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनीलबाबु क्षेत्रीले आईएम ६ लाई सार्वजनिक गर्दा आफूहरूलाई गर्व महसुस भएको बताए । उनका अनुसार यो गाडी SAIC को ‘इन्टेलिजेन्स इन मोशन’ को विश्व दृष्टिकोणको प्रतिनिधित्व गर्दछ र उत्कृष्ट रेञ्ज, एआई असिस्टेड तथा लक्जरी क्यबिन अनुभवसहित नेपालका लागि स्मार्ट ड्राइभको भविष्य हो ।
एमजी आईएम ६ मा रेनी नाइट मोड, ADAS प्रणाली, ISMART एप लगायतका आधुनिक सुरक्षा र सुविधा प्रणालीहरू समावेश छन् । यसमा Qualcomm Snapdragon® 8295 द्वारा सञ्चालित इन्टेलिजेन्ट क्यबिन, Crab Mode सहितको इन्टेलिजेन्ट फोर-व्हील स्टियरिड, र वान टव पार्क जस्ता विशेष सुविधाहरू छन् ।
४००V IGBT प्लेटफर्ममा आधारित आईएम ६ ले उच्च प्रदर्शन र सुरक्षित यात्रा सुनिश्चित गर्दछ । यसको इमो रेञ्ज NEDC अनुसार ५०५ किमी र WLTP अनुसार ४५० किमी रहेको छ । यसमा ७५kWh को LFP ब्याट्री, २०० किमी/घन्टाको उच्चतम गति, र ४५०Nm को उच्चतम टर्क रहेको छ ।
Comments are closed.