काठमाडौं । एथर एनर्जीको नेपालको आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लि. ले एथर रिज्टा सार्वजनिक गर्ने भएको छ ।
साउन २१ बाट हुने नाइमा मोबिलिटी प्रदर्शनीमा एथर रिज्टा पहिलो पटक सार्वजनिक गरिने प्रालिले जनाएको छ ।
एथर रिज्टाले भारतभर शहरी मोबिलिटीको परिभाषा फेरिदिएको छ । उन्नत प्रविधि, उच्च प्रदर्शन, व्यावहारिक डिजाइन र पारिवारिक सुरक्षालाई एकै साथ समेट्नु नै रिज्टाको सफलता मानिएको छ । परिवारका लागि विशेष रूपले डिजाइन गरिएको रिज्टा केवल स्कुटर होइन, आधुनिक जीवनशैलीको एक अङ्ग पनि बन्ने कम्पनीले विश्वास लिएको छ ।
नेपालमा पनि रिज्टा लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । वैद्य इनर्जी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सूर्याश वैद्यले रिज्टा केवल स्कुटर मात्र नभइ स्मार्ट मोबिलिटी समाधान भएको बताए । ‘जुन हाम्रो धेरैजसो जनसंख्याका लागि उपयुक्त छ,’ उनले भने, ‘४५० सिरिजको सम्पूर्ण प्रविधिलाई सरल र पहुँचयोग्य बनाउँदै ल्याइएको रिज्टामार्फत हामी नेपालमा दिगो र स्मार्ट यातायातको क्रान्तिमा नेतृत्वदायी भूमिका खेल्न चाहन्छौं ।’
एथर रिज्टा विभिन्न भेरियन्ट र आकर्षक रंगहरूमा उपलब्ध हुनेछ । जसमा शक्तिशाली मोटर, लामो दायरा दिने ब्याट्री, स्मार्ट कनेक्टिभिटी र थप स्टोरेज जस्ता विशेषताहरू हुनेछन् ।
Comments are closed.