प्लेटिनम ड्राइभर क्याम्पेन सम्पन्न, इनड्राइभले विजेताहरूलाई गर्‍यो सम्मान

काठमाडौं  ।  विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आयोजित एक विशेष समारोहमार्फत आफ्ना प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेताहरूलाई पुरस्कार प्रदान गरेको छ । जुन २३ देखि जुलाई १३ सम्म सञ्चालन भएको यो अभियानमा ड्राइभर पार्टनरहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

यो अभियान इनड्राइभका सबैभन्दा समर्पित र प्रतिबद्ध ड्राइभर पार्टनरहरूलाई पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो। अभियानमा साप्ताहिक चुनौती, रोमाञ्चक पुरस्कार र दुई वटा मेगा ग्रान्ड पुरस्कार समावेश गरिएको थियो, जसले उत्कृष्ट प्रदर्शन गर्ने ड्राइभरहरूलाई प्रेरित गर्‍यो ।

क्याम्पेन अन्तर्गत क्याब ड्राइभर श्रेणीमा शुभ राज सुनुवार र बाइक (मोटो) राइडर श्रेणीमा जित थापा विजेता बनेका छन् । उनीहरूले तीनै हप्ता लगातार प्लेटिनम स्तर कायम राख्दै सबै योग्यता मापदण्ड पूरा गरेका थिए । विजेताहरूको घोषणा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानलबाट जुलाई २० मा प्रत्यक्ष लक्की ड्र मार्फत गरिएको थियो ।

साथै, क्याम्पेन अन्तर्गत साप्ताहिक पुरस्कार पनि वितरण गरिएको थियो । स्मार्टफोनका १५ जना विजेता, इयरबडका ३० जना विजेता र स्मार्टवाचका ३० जना विजेता घोषणा गरिएको थियो । यसले अभियानलाई झनै व्यापक र आकर्षक बनाएको थियो ।

इनड्राइभ साउथ एशियाका ड्राइभर अपरेसन्सका क्षेत्रीय टोली प्रमुख डिमित्री ओख्लोप्कोभले ड्राइभरहरूको योगदानप्रति सम्मान प्रकट गर्दै भने, “नेपालमा इनड्राइभको सफलताको आधार हाम्रा ड्राइभर पार्टनरहरू नै हुन् । यो अभियान उनीहरूको समर्पण, व्यावसायिकता र महत्त्वपूर्ण भूमिकाको कदर गर्न गरिएको हो ।”

त्यसैगरी, इनड्राइभ नेपालकी ड्राइभर रिटेन्सन स्पेसलिस्ट सुनिता जीमी राईले विजेताहरूलाई बधाई दिँदै भनिन्, “हामीले अघिल्लो पटक वाचा गरेअनुसार झनै ठूलो र उत्कृष्ट अभियान ल्याएका छौं । ड्राइभरहरूको समर्पणले नै इनड्राइभलाई अघि बढाएको छ, र हामी सधैं निष्पक्षता, स्वतन्त्रता र समर्थनको आधारमा उनीहरूलाई सशक्त बनाउनेछौं ।”

इनड्राइभले भविष्यमा पनि आफ्ना ड्राइभर समुदायसँग सहकार्य गर्दै निष्पक्षता, पारदर्शिता र विकल्पको स्वतन्त्रता सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।

You might also like

Comments are closed.