काठमाडौं । नेपालकै हालसम्मको सबैभन्दा ठूलो दावी गरिएको इन्डोर क्रिकेट प्रतियोगिता हालै बुढानीलकण्ठमा सफलता पूर्वक सम्पन्न भएको छ । श्रावण ९ गतेदेखि १७ गतेसम्म चलेको यो प्रतियोगितामा ३२ टिमको सहभागिता थियो ।
प्रतियोगिताको मुख्य प्रायोजन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले गरेको थियो भने किङ्स क्लब आयोजक संस्थाको रूपमा सक्रिय रह्यो ।समापन समारोहमा बोल्दै गार्डियन इन्स्योरेन्सका मार्केटिङ प्रमुख दिलीप शर्माले खेलको माध्यमबाट राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्ने क्षमतायुक्त खेलाडीहरूलाई प्रोत्साहन गर्न कम्पनी सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे । उनले बिमा सेवालाई घर-घरमा पुर्याउने उद्देश्यसहित यस्ता खेलकुद कार्यक्रमहरूलाई निरन्तर समर्थन गरिरहने जानकारी पनि दिए ।
कार्यक्रमको सञ्चालन सृजन प्रसाईले गरेका थिए भने किङ्स क्लबका सीईओ मिलन थापाले कार्यक्रमको उद्देश्यबारे बोलेका थिए ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा प्रायोजक, सहभागी टिम र सम्पूर्ण खेलप्रेमीहरूलाई आयोजकले धन्यवाद ज्ञापन गरेका छन् ।
Comments are closed.