लायन्स डिस्ट्रिक्ट ३२५ जे नेपालको पहिलो क्याबिनेट मिटिङ तथा पदस्थापन

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतको पहिलो क्याबिनेट मिटिङ तथा डिस्ट्रिक्ट अफिसर पदस्थापना कार्यक्रम शनिबार एपीएफ हल, हलचोक स्वयम्भूमा  सम्पन्न भएको छ ।

डिस्ट्रिक्ट गभर्नर मिलन बाबु मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री  प्रदीप पौडेल थिए । उक्त अवसरमा बोल्दै मन्त्री पौडेलले लायन्सले सामाजिक क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेकाे बताए । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, लायन्स अन्तर्राष्ट्रियका पास्ट इन्टरनेशनल डाइरेक्टर तथा एलसीआईएफ ट्रस्टी लायन जी.एस. होरा, पीआईडी सञ्जय खेतान, मल्टिपल काउन्सिल चियरपर्सन तथा आईपिडिजी मीलन थापा, पूर्व डिस्ट्रिक्ट गभर्नरहरू, भाइस गभर्नरहरू, लायन लिडरहरू, क्लब पदाधिकारीहरू, लियो काउन्सिल अध्यक्ष, लियो सदस्यहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

कार्यक्रममा थुप्रै लायन लिडरहरूलाई सम्मान गरिएको थियो । पास्ट इन्टरनेशनल डाइरेक्टर जी.एस. होराले अन्तर्राष्ट्रिय एलसीआईएफको पिन तथा अन्तरास्ट्रिय प्रेसिडेन्टको पिनबाट र डिस्ट्रिक्ट गभर्नर मल्लले डिजी मेडल र डिस्ट्रिक्ट गभर्नरको पिनबाट लायन लिडरहरूलाई सम्मान गरेका थिए।

You might also like

Comments are closed.