‘टेक्सास बाइट्स फेस्टिवल’ सम्पन्न, इभेन्ट म्यानेजमेन्टमा जोडिदै बीएचएमका विद्यार्थी

काठमाडौं ।  काठमाडौंको मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा बीएचएम छैठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको ‘टेक्सास बाइट्स फेस्टिवल’ सम्पन्न भएको छ । इभेन्ट म्यानेजमेन्ट कोर्स अन्तर्गत अध्ययनलाई व्यवहारिक अनुभवसँग जोड्ने उद्देश्यले विद्यार्थीहरूले स्वयम्‌ कार्यक्रमको सम्पूर्ण व्यवस्थापन गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी शुकदेव खनालले यो फेस्टिवललाई ‘मेघा फेस्टिवल’को रूपमा ब्याख्या गर्दै विद्यार्थीहरूका लागि सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने महत्वपूर्ण माध्यम भएको बताए । कलेजका प्रिन्सिपल श्यामसुन्दर श्रेष्ठले पनि यो कार्यक्रम विद्यार्थीको क्षमता उजागर गर्ने सशक्त प्लेटफर्म भएको उल्लेख गरे ।

बिहान ११ बजे सुरु भई साँझ ५:३० बजे सम्म चलेको फेस्टिवलमा करिब १५ सय दर्शक तथा सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यार्थीहरूले बनाएका विभिन्न परिकारका स्टलहरू, सांगीतिक प्रस्तुति, र चर्चित Elements Band लगायत राष्ट्रिय ब्यान्डहरूको आकर्षक प्रस्तुतीले कार्यक्रममा थप रौनक भरिदिएको थियो ।

You might also like

Comments are closed.