नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघद्वारा पत्रकार खतिवडा सम्मान

काठमाडौं । पत्रकार प्रमिला खतिवडा सम्मानित भएकी छन् । नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघले प्रथम साधारणसभा तथा अधिवेनका अवसरमा उनलाई सम्मान गरेको हो ।

सञ्चारकर्ममार्फत कृषि तथा पशुपंक्षी क्षेत्रका सूचना प्रवाह, जनचेतना अभिवृद्धि र किसानका आवाजलाई प्राथमिकता दिएकाले उनलाई सम्मान गरिएको संघले जनाएको छ । खतिवडा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को उपाध्यक्ष समेत हुन् । खतिवडासँगै पत्रकार सरोज ओझा र सुरेन्द्र पौडेल लगायतलाई पनि सम्मान गरिएको संघले जनाएको छ ।

You might also like

Comments are closed.