अधुरो पढाई छाडेकालाई भानुभक्तले कानुन पढाउने

पोखरा । पोखराको एक नीजि विद्यालयले विभिन्न समयमा विविध कारणले अध्ययन छाडेर बसेकाहरुलाई लक्षित गरी कानुन विषयको कक्षा सञ्चालन गर्ने भएको छ । पोखराको बगरस्थित गाइघाटमा रहेको भानुभक्त आवासीय माविले विविध कारणले पढाई अधुरो र अपुरो छाडेकाहरुका लागि लक्षित गरी दश जोड दुई (प्लस टु)मा कानुन विषय पढाउने भएको हो ।

पढ्न चाहेरपनि पढाई अधुरै छाडेकाहरुलाई पढ्नबाट बञ्चित हुन नपरोस् भनेर छुट्टै कक्षा सञ्चालन गर्न लागेको विद्यालयका संस्थापक प्रिन्सिपल दिनेशकुमार लामिछानेले बताए । उनले भने,‘हिजो विविध कारणले पढाई छाडे, तर अहिले पढ्न इच्छुकहरुका लागि लक्षित गरेर पढाउन लागेका हौं, यसले पढाई अधुरै छाडेकाहरुलाई विश्वविद्यालय प्रवेशको बाटो खोल्ने विश्वास गरेका छौं ।’ यो कक्षा सञ्चालनले द्वन्द्वका समयमा पढाई छाडेका माओवादी कार्यकर्ता, गरीबी र पारिवारिक कारणले पढाई छाडेकाहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

jutta mela

विद्यालयले कामकाजीहरुका लागि सहज होस् भनेर अपराह्नमा कक्षा सञ्चालन गर्ने बताएको छ । अपराह्न ४ः१५ बजेदेखी बेलुका ७ः३० बजेसम्म कक्षा सञ्चालन हुने विद्यालयका संस्थापक प्रिन्सिपल लामिछानेले बताए । पेशा, व्यवसायमा असर नपरोस् भनेर बेलुकाको कक्षा सञ्चालन गरिएको उनले स्पष्ट पारे । अध्ययन गर्न चाहनेका लागि फारम खुलिसकेको उनले बताए । उनका अनुसार फारम असोज १६ गतेसम्म खुल्नेछ । दोब्बर दस्तुर तिरेर भने कात्तिक १८ गतेसम्मपनि फारम भर्न सकिने उनले जानकारी दिए ।

पढाई छाडेर अध्ययन अधुरै छाडेकालाई पुनः पढाईमा आकर्षित गर्नका लागि विद्यालयले प्रवेश शुल्क र मासिक शुल्कमा पनि भारी कटौती गरेको जनाएको छ । विद्यालयले कक्षा ११ मा भर्नाका लागि भर्ना शुल्क ३ हजार र मासिक शुल्क १५ सय लिने जनाएको छ । रेगुलर कक्षा संचालन हुँदा विद्यालयले भर्ना शुल्क १५ हजार र मासिक शुल्क २९ सय लिदै आएको छ । संस्थाको सामाजिक उत्तरदायित्व बहन अन्तर्गत कक्षा सञ्चालन गरिएकाले शुल्क कम गरिएको संस्थापक प्रिन्सिपल लामिछानेले बताए । अध्ययनका लागि आर्थिक श्रोत नभएकालाई पोखरा महानगरपालिकाले छात्रवृत्तिसमेत दिने उनले बताए । कानुनमा कक्षा १२ उत्तिर्ण भएमा एलएलवी, बिएएलएलवीसहित स्नातक अध्ययनको बाटो खोल्नेछ भने स्थानिय तहमा न्याय सम्पादनका लागि जनशक्ति तयार गर्नुका साथै न्याय सेवाको खरदार तथा लेखापढी व्यवसाय गर्ने बाटोपनि खोल्ने विद्यालयका संस्थापक प्रिन्सिपल लामिछानेले बताए ।

You might also like

Comments are closed.