समयमै काम नसकाउने ११ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । समयमै जिम्मेवारी पूरा नगर्ने निर्माण कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कारबाहीस्वरूप कालोसूचीमा राखेको छ। सोमबार सार्वजनिक गरिएको सूचनाअनुसार ११ वटा निर्माण कम्पनीहरूलाई कालोसूचीमा सूचीकृत गरिएको हो।

कार्यालयका अनुसार विभिन्न सरकारी निकायहरूले समयमै काम सम्पन्न नगरेको भन्दै ती कम्पनीहरूविरुद्ध कारबाही गर्न सिफारिस गरेका थिए। सोही अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको जनाइएको छ।

कालोसूचीमा परेका कम्पनीहरूले अब उक्त अवधिमा कुनै पनि सरकारी खरिद प्रक्रिया वा ठेक्कामा भाग लिन पाउने छैनन्। सार्वजनिक निर्माणको गुणस्तर र समयमै कार्यान्वयन सुनिश्चित गर्नका लागि अनुगमन कार्यालयको यो निर्णय महत्त्वपूर्ण मानिएको छ।

You might also like

Comments are closed.