नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिक गाडीमा विशेष अफर

काठमाडौं । टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा ‘टोयोटा मेगा अफर’ सार्वजनिक गरेको छ ।

साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पोमा टोयोटाका चर्चित मोडलहरू यारिस क्रस हाइब्रिड इलेक्ट्रिक र ल्यान्ड क्रुजर २५० सहितका गाडीहरू प्रदर्शनीमा राखिनेछन् ।

एक्स्पो अवधिभर टोयोटा गाडी बुक गर्ने ग्राहकहरूलाई विशेष छुट, टोयोटा प्ल्याटिनम कार्ड, जीवनभर निःशुल्क पिकअप र ड्रप सेवा लगायतका सुविधा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी, स्टलमा आउने हरेक आगन्तुकले आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन् । अफर भने एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूका लागि मात्र मान्य हुनेछ ।

You might also like

Comments are closed.