काठमाडौं । यूनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्राइभेट लिमिटेडको आयोजना र भिडोल कर्पोरेशन लिमिटेड, भारतको सहयोगमा ‘भेडोल टेक्निकल एण्ड सेल्स तालिम’ कार्यक्रम सम्पन्न भएको छ । बर्दिबासको गौतम होटलमा सोमबार (साउन १९ गते) कार्यक्रम भएको हो ।
नेपालभरका डिलरहरूबाट सहभागी भएका ६० जना सेल्स पर्सनलाई लक्षित गरी तालिम आयोजना गरिएको थियो । कार्यक्रममा भीडोलका उत्पादन सुविधा, उत्पादन प्रक्रियाको विश्लेषण र गुणस्तर नियन्त्रणको बारेमा विस्तृत जानकारी दिइएको थियो । विदेश तथा नेपालमा लोकप्रिय रहेको यो ब्राण्डप्रति ग्राहकको आकर्षण बढिरहेको र आगामी दिनमा बजार विस्तारमा रणनीतिक भूमिका खेल्ने गरी कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भिडोल कर्पोरेशनका उत्पादन प्रमुख रमेश सिंहले भीडोलका उत्पादनहरू गुणस्तरीय रहेको बताए । ‘क्वालिटीलाई प्रमुख प्राथमिकतामा राखेर हामीले उत्पादन बजारमा पठाइरहेका छौं,’ उनले भने ।
भिडोल कर्पोरेशनका आर एण्ड डी प्रमुख डा. कल्पेन्दर राजुकरले भीडोलका उत्पादनहरूको दायरा, गुणस्तर, यसको प्रयोगको औचित्य र उद्देश्यबारे व्याख्या गरेका थिए ।
युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिजका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्रले नेपालमा भीडोल उत्पादन सुरु भएको र नेपाली बजारमा देशभरका उपलब्ध रहेको बताए । भीडोलको गुणस्तर, भविष्यका योजना र उत्प्रेरणाका बारेमा उनले आफ्नो भनाइ राखेका थिए । युनाइटेड लुब्रिकेन्ट्सका उप–महाप्रबन्धक दिनेश खनालले कार्यक्रमको सञ्चालन गरेका थिए ।
तालिम पश्चात, सबै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रम समापन गर्दै कम्पनीले उपस्थित सबैलाई धन्यवाद दिएको थियो । कार्यक्रममा सहभागीहरुले भीडोल ब्राण्डप्रति जोडिन पाउँदा खुसी लागेको र बजार विस्तारमा सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता गरेका थिए ।
Comments are closed.