अमट्रेड कनेक्ट एपमार्फत पहिलो रिडेम्सन, न्यु राम जानकी ब्याट्री सेन्टरलाई मोबाइल फोन पुरस्कार

जनकपुर । जनकपुरस्थित न्यु राम जानकी ब्याट्री सेन्टर अमट्रेड प्रा.लि.को नवनिर्मित ‘अमट्रेड कनेक्ट’ एप्लिकेसन मार्फत पुरस्कार रिडिम गर्ने पहिलो च्यानल पार्टनर बन्न सफल भएको छ । यसरी एपमार्फत रिडिम गरिएको पहिलो पुरस्कारको रूपमा सेन्टरले एक स्मार्टफोन प्राप्त गरेको छ ।

अमट्रेड कनेक्ट एप्लिकेसन सन् २०८२ सालको वैशाखमा आधिकारिक रूपमा सार्वजनिक गरिएको थियो । अमट्रेडले यो एप आफ्ना च्यानल पार्टनरहरूसँगको व्यापारिक सम्बन्धलाई मजबूत बनाउन, उनीहरूको समर्पणलाई सराहना गर्न र डिजिटल माध्यमबाट एकअर्कासँग जोड्ने उद्देश्यले सुरु गरेको हो ।

न्यु राम जानकी ब्याट्री सेन्टरका सञ्चालक पंकज कुमार साहले यो मोबाइल फोन पुरस्कार सफलतापूर्वक रिडिम गरे । अमट्रेडका वरिष्ठ सेल्स अधिकारी हरि सुन्दर दुबेदीले एक विशेष कार्यक्रमको अवसरमा उक्त पुरस्कार सञ्चालक साहलाई हस्तान्तरण गरे ।

पुरस्कार ग्रहण गर्दै सञ्चालक पंकज कुमार साहले अमट्रेड कनेक्ट एपमार्फत पहिलो पुरस्कार रिडिम गर्न पाउँदा खुसी र उत्साहित भएको बताए ।

You might also like

Comments are closed.