सामसङको नयाँ मल्टी-बाइ अफर: ग्यालेक्सी स्मार्टफोनसँग वाच र बड्समा ३२% सम्मको छुट

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा विशेष छुटसहितको ‘मल्टी-बाइ अफर’ सार्वजनिक गरेको छ । यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले चुनिएका ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअपमा ३२% सम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

सामसङको फ्ल्यागशिप, ए–सिरिज वा एम–सिरिज अन्तर्गतका नयाँ स्मार्टफोनहरू (जस्तै ग्यालेक्सी Z Fold6, Z Flip6, S25 Ultra, A56, M36 आदि) खरिद गर्दा, ग्यालेक्सी वाच ८ क्लासिक, वाच एफई, बड्स३ प्रो, बड्स कोर लगायतका वेरेबल उपकरणहरूमा छुट लागू हुनेछ। उदाहरणका लागि, वाच ८ क्लासिकको मूल्य रु ७४,९९९ बाट घटेर रु ५९,९९९ मा प्राप्त गर्न सकिनेछ भने बड्स कोरमा सबैभन्दा उच्च ३२% छुट दिइएको छ ।

यो अफरले ग्राहकहरूलाई आफ्नै ग्यालेक्सी इकोसिस्टम निर्माण गर्ने उत्कृष्ट अवसर प्रदान गर्छ। वाच र बड्स जस्ता स्मार्ट एआई सुविधासम्पन्न कम्प्यानियनहरूले स्वास्थ्य निगरानी, कनेक्टिभिटी, कार्यक्षमता र उत्कृष्ट अडियो अनुभव सुनिश्चित गर्छन् । तपाईंले चाहे फिटनेस ट्र्याकिङ होस् वा संगीत अनुभव, यी उपकरणहरूले तपाईंको स्मार्टफोन अनुभवलाई अझ उन्नत बनाउनेछ ।

साथै, सामसङ इन्स्टा फाइनान्स सेवा अन्तर्गत ग्राहकहरूले ०% ब्याजदरमा EMI सुविधा प्रयोग गरी सजिलै नयाँ डिभाइसहरू खरिद गर्न सक्नेछन्। प्रक्रिया पनि सहज छ—नागरिकता प्रमाणपत्र प्रस्तुत गरे पुग्छ ।

सामसङको यो आकर्षक अफर नेपालभरका अधिकृत स्टोरहरूमा उपलब्ध छ र सीमित अवधिका लागि मात्र मान्य हुनेछ। त्यसैले, आफ्नो स्मार्ट जीवनशैलीमा अपग्रेड गर्न चाहनेहरूका लागि अहिले नै उपयुक्त समय हो ।

You might also like

Comments are closed.