फरथिङको ‘फ्राइडे’ एसयूभी सार्वजनिक, यस्ता छन् फिचरहरु…

काठमाडौं । चिनियाँ डोङफेङ ग्रुपको स्वामित्वमा रहेको फरथिङ (Forthing) ब्राण्डले नाइमा मोबिलिटी एक्स्पो २०२५ मार्फत नेपालमा औपचारिक प्रवेश गरेको छ । फरथिङको पहिलो मोडलका रूपमा ‘फ्राइडे एसयूभी’ नेपाली बजारमा ४८ लाख ९६ हजार रुपैयाँ प्रारम्भिक मूल्यमा सार्वजनिक गरिएको हो ।

‘मेक योर नेक्सट मुभ’ स्लोगनसहित सार्वजनिक भएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इमोबिलिटीले भित्र्याएको हो। कम्पनीले हुन्डाई र बीएमडब्लू जस्ता अन्तर्राष्ट्रिय ब्राण्डका गाडीहरू बिक्री गर्दै आएको छ ।

फरथिङ फ्राइडे एसयूभीको विशेषता

डिजाइन र मापन: लम्बाइ ४६०० मिमि, चौडाइ १८६० मिमि, उचाइ १६८० मिमि, ग्राउन्ड क्लियरेन्स १८५ मिमि, ह्वीलबेस २७१५ मिमि, कार्गो स्पेस ४८० लिटर ।

पावर सिस्टम: ६४.४ kWh ब्याट्री, ९९ kW मोटर, अधिकतम टर्क १७४ Nm।
ब्याट्रीले ११ kW एसी र ८० kW डीसी चार्जर सपोर्ट गर्छ ।

इन्टेरियर र टेक फिचरहरू

८.८ इन्च इन्फर्मेशन डिस्प्ले र १४.६ इन्च इन्फोटेन्टमेन्ट सिस्टम ।

५० वाटको वायरलेस चार्जर, ६० वाटको टाइप-C पोर्ट ।

क्रिस्टल गियर नब, कुल्ड बक्स, सनग्लास होल्डर, रिडिङ लाइट ।

१० तरिकाले मिल्ने ड्राइभर सिट, सफ्ट टच क्याबिन ।

एक्स्टेरियर र सेफ्टी

प्रोजेक्टर हेडल्याम्प, LED DRL, १९ इन्च अलोय ह्वील, कनेक्ट टेललाइट, स्पोइलर, र ३६० डिग्री क्यामेरा।

६ एयरब्याग, ब्रेकिङ प्रायोरिटी सिस्टम, अटो बुस्ट ब्रेकिङ, हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल।

टायर प्रेसर मोनिटरिङ, फ्रन्ट रियर राडार, ADAS 2.0 सेफ्टी फिचर।

६०/४० स्प्लिट सिट, रियर मिरर हिटिङ, तीन ड्राइभिङ मोड (इको, स्ट्यान्डर्ड, स्पोर्ट) र स्पेयर टायर।

मूल्य

प्रारम्भिक मूल्य: रू. ४८,९६,०००

टप भेरियन्ट मूल्य: रू. ५४,९६,०००

२००१ मा स्थापित फरथिङ ब्राण्डका उत्पादन हाल एशिया, मिडिल इस्ट, दक्षिण अमेरिका र अफ्रिकाका ४० भन्दा बढी देशमा बिक्री भइरहेका छन्। स्मार्ट, स्टाइलिस र सस्टेनेबल मोबिलिटी समाधानमा केन्द्रित यो ब्राण्डले विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै गाडी निर्माण गर्दै आएको छ।

You might also like

Comments are closed.