काठमाडौं । नेपालको अटोमोटिभ इतिहासमै सबैभन्दा विशाल र प्राविधिकरूपमा समृद्ध प्रदर्शनीको रूपमा ‘नाडा अटो शो २०२५’ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । UNITREE को प्रस्तुति र नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल को आयोजनामा हुन लागेको यस शोको उद्घाटन अर्थमन्त्री एवं उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेल द्वारा गरिनेछ ।
‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुने यस अटो शोले नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन, हरित प्रविधि, र दिगोपनको सन्देश बोकेको छ । UNITREE रोबोट्स र Deepal eV TOL UAV जस्ता अत्याधुनिक प्रविधिको प्रदर्शनमार्फत यो एक्स्पोले स्मार्ट र स्वचालित मोबिलिटीको सम्भावनालाई उजागर गर्दैछ ।
१९ वटा चारपांग्रे, १३ व्यावसायिक, ४ दुईपांग्रे ब्रान्ड सहित १२५ भन्दा बढी प्रदर्शक र १ लाख आगन्तुकहरूको अपेक्षासँग, यसपटकको नाडा अटो शो २०२५ अटोप्रेमीहरूका लागि एक विशेष अनुभव हुने पक्का छ । प्रदर्शनी स्थलमा विन्टेज मोटर शो, Made in Nepal Pavilion, अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने International Business Pavilion, र EV तथा स्मार्ट मोबिलिटी सम्बन्धी सेमिनारहरूले यो इभेन्टलाई अझ समृद्ध बनाउनेछन् ।
सुविधाजनक पूर्वाधार, कडा सुरक्षा, ट्राफिक र स्वास्थ्य व्यवस्थापन, र डिजिटल टिकटिङ व्यवस्थासहित, नाडा अटो शो २०२५ ले अटोमोटिभ नवप्रवर्तन र भविष्यको गति अनुभव गर्ने अनुपम अवसर प्रदान गर्नेछ । १६ संस्करणको सफल यात्राले नै पुष्टि गर्छ । नाडा अटो शो केवल कार्यक्रम होइन, नेपालको अटोमोटिभ भविष्यको गतिशील प्रतिनिधित्व हो ।
Comments are closed.