सामसङको नवीनतम फोल्डेबल स्मार्टफोन सिरिज, ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७, अब नेपालमा पनि प्रि–अर्डरका लागि उपलब्ध भएको छ । कम्पनीले साउन २२ देखि २९ गतेसम्मको समयावधिमा यी मोडलहरू प्रि–अर्डर गर्न सकिने जानकारी दिएको छ । ग्लोबल रूपमा आयोजित Galaxy Unpacked Event मा सार्वजनिक गरिएका यी स्मार्टफोनहरू सामसङको अहिलेसम्मकै सबैभन्दा हलुका, पातला र एडभान्स फोल्डेबल डिभाइसहरू हुन् ।
ग्यालेक्सी जेड फोल्ड७ मा सुधारिएको हिन्ज, उज्यालो स्क्रिन, तेज प्रोसेसर, र २०० मेगापिक्सेल एआई–सपोर्टेड क्यामेरा जस्ता फिचरहरू समावेश छन्। फ्लेक्स मोड, मल्टिटास्किङ, र ठुलो डिस्प्लेले यो सिरिजलाई पावर युजरहरू का लागि आदर्श बनाएको छ। त्यस्तै, ग्यालेक्सी जेड फ्लिप७ झनै पातलो, टिकाउ र पोर्टेबल डिजाइनमा आएको छ । यसको नयाँ फ्लेक्सविन्डो अझै ठूलो र प्रयोग गर्न सहज छ । प्रिमियम क्यामेरा, लामो ब्याट्री लाइफ, र स्ट्याबिलाइजेसन फिचर यसलाई स्टाइल र कार्यक्षमताको उत्कृष्ट मिश्रण बनाउँछ ।
नयाँ फोल्ड र फ्लिप दुवै मोडलमा समावेश गरिएको Gemini AI ले प्रयोगकर्तालाई स्क्रीन सेयरिङ, रियल टाइम संवाद, अनुवाद, र स्केच–टु–इमेज जस्ता फिचरहरू प्रदान गर्दछ । प्रयोगकर्ताले क्यामेराबाट देखाएको वस्तुबारे सोध्न सक्ने, स्केचलाई भिजुअलमा रूपान्तरण गर्न सक्ने सुविधा समेत यसमा समावेश गरिएको छ ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित का अनुसार, “जेड सिरिजले स्मार्टफोन प्रयोग गर्ने तरिकामा नै नवीनता ल्याएको छ । पावरफुल मल्टिटास्किङ, इमर्सिभ डिस्प्ले र टिकाउपनले प्रयोगकर्ताको अनुभव अझ लचिलो बनाउनेछ ।”
ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को २५६GB भेरियन्टहरू, नेपालमा २०८२ साउन २२ देखि २९ गतेसम्म प्रि–अर्डर गर्न किनेछ
z।
Comments are closed.