काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा अनुगमन गर्दा १० कम्पनीमध्ये ५ कम्पनीलाई जरिवाना र ५ कम्पनीसँग स्पष्टीकरण माग गरेको छ । बुधबार सम्पन्न अनुगमनको क्रममा उपभोक्ता अधिकार उल्लंघन र उपभोक्ताबाट प्राप्त उजुरीका आधारमा विभागले १० वटा उद्योग तथा व्यवसायिक फर्महरूमा निरीक्षण गरेको थियो ।
विभागका अनुसार उरी एजुकेशन सेन्टरलाई ५१ हजार रुपैयाँ, सुपरनोभा एजुकेशन कन्सल्टेन्सी सेन्टर र विटल्स कार डेकोरलाई ५०–५० हजार रुपैयाँ, अल कार डेकोरेसन र सुदृष्टि आयकोनिकलाई १०–१० हजार रुपैयाँ जरिवाना गरिएको हो । यस्तै जेभियर इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी, ओहायो इन्टरनेशनल कन्सल्टेन्सी, एस इम्पेक्स र एप्लायन्सेस हबलाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
विभागले उपभोक्ता हित र बजारमा अनुशासन कायम गर्न नियमित रूपमा निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ ।
Comments are closed.