काठमाडौं । ३४१ मेगावाट क्षमताको बुढीगण्डकी हाइड्रोपावर परियोजना निर्माणका लागि वित्तीय व्यवस्थापन सफल भएको छ । लामो समयदेखि लगानी जुट्न नसकेको उक्त अर्ध जलाशययुक्त आयोजनामा स्वदेशी बैंकहरुले लगानी गर्ने गरी बिहीबार सम्झौता भएको छ ।
७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा बैंक तथा वित्तीय संस्थाहरुले ७५ प्रतिशत लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत कम्पनीको स्वःपूँजीबाट जुटाइनेछ। यसअन्तर्गत ९ वटा बैंकले कुल ५२ अर्ब ५० करोड रुपैयाँ सहवित्तीयकरण अन्तर्गत लगानी गर्ने सम्झौता गरेका छन् ।
यससँगै आयोजना निर्माणका लागि बाटो खुलेको छ । बुढीगण्डकीसँगै साउन महिनामै २८५ मेगावाटको अपर तमोर र २१६ मेगावाटको अपर सेती जलविद्युत् आयोजनाका लागि समेत वित्तीय व्यवस्थापन पूरा भइसकेको छ । यी दुवै आयोजनामा पनि नेपालका वाणिज्य बैंकहरुले सहवित्तीयकरण अन्तर्गत लगानी गर्नेछन् ।
Comments are closed.