काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी NAIMA Nepal Mobility Expo 2025 मा विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्डहरू बेनेली र मोर्बिडेलीले शानदार प्रदर्शन र आकर्षक अफरहरूसहित राइडिङ प्रेमीहरूको ध्यान तानेका छन् ।
बेनेलीले आफ्नो 125cc Panarea स्कुटरमा रु ५०,००० को विशेष छुट र अन्य मोडलहरूमा रु १ लाखसम्मको नगद छुटको घोषणा गरेको छ । यी अफरहरूले ग्राहकहरूमा उत्साह थपेका छन् र स्टलमा भीड बढाएको छ ।
मोर्बिडेलीले यो एक्स्पोमा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू – T250X र T352X – पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरेको छ। एड्भेन्चर राइडिङका लागि विशेष रूपमा डिजाइन गरिएका यी मोडलहरूले शक्ति, शैली र टिकाउपनको उत्कृष्ट संयोजन प्रस्तुत गरेका छन्, जसले दर्शक र ग्राहकहरूबाट व्यापक प्रशंसा पाएका छन् ।
बेनेली र मोर्बिडेलीको स्टलहरू एक्स्पोमा प्रमुख आकर्षण बनेका छन् । नवीनतम प्रविधि, स्टाइलिश डिजाइन र विशेष अफरहरूले यी ब्रान्डहरूले नेपाली मोटरसाइकल बजारमा नयाँ ऊर्जा थपेका छन् । “हामी नेपाली राइडरहरूको जोश र उत्साहलाई सम्मान गर्छौं। यो एक्स्पोमा आफ्नो उत्कृष्ट मोटरसाइकलहरू र विशेष अफरहरू प्रस्तुत गर्न पाउँदा गर्व महसुस गर्छौं,” बेनेली र मोर्बिडेलीका नेपालका सेल्स तथा मार्केटिङ म्यानेजर नवराज घिमिरेले बताए ।
मोर्बिडेलीको स्टल नं. C5 मा आगन्तुकहरूले निःशुल्क टेस्ट राइड, विशेष छुट र आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् । अफर र मोडलहरूको विस्तृत जानकारीका लागि ९८०१२३९९३६ मा सम्पर्क गर्न वा नजिकको मोर्बिडेली शोरूममा जान सकिनेछ ।
Comments are closed.