रोटरी क्लब अफ पाटन हेरिटेजको चौथो वार्षिकोत्सव सम्पन्न

काठमाडौं ।  रोटरी क्लब अफ पाटन हेरिटेजको चौथो इन्स्टलेसन सेरेमनी तथा चार्टर डे उत्सव शनिबार  सम्पन्न भएको छ। पाटनको भोल्धोका स्थित ज्यापू प्रज्ञा भवनमा आयोजित कार्यक्रममा नयाँ कार्यसमितिको पदस्थापनसँगै संस्थाको चार्टर दिवस पनि मनाइएको थियो ।

कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य, अतिथि तथा विभिन्न क्षेत्रका व्यक्तिहरू  लगायत  प्रेसिडेन्ट रोटेरियन प्रदीप श्रेष्ठ, मुख्य अतिथि डिस्ट्रिक्ट गभर्नर इलेक्ट रोटेरियन विष्णु ब. कार्की, र असिस्टेन्ट गभर्नर रोटेरियन गौतम श्रेष्ठ उपस्थिति  थिए ।   पास्ट प्रेसिडेन्ट रोटेरियन सज्जु ब्याञ्जनकार प्रधानले नवनियुक्त अध्यक्ष तथा पदाधिकारीहरु लाई पद हस्तान्तरण गरेकी थिइ्न ।  ,

कार्यक्रमका क्रममा क्लबका सक्रिय सदस्यहरूलाई विगत वर्षमा सामाजिक सेवा, सदस्यता विस्तार, तथा विशेष परियोजनामा योगदानका लागि सम्मानित गरिएको थियो । सर्वश्रेष्ठ सेवाभावी सदस्य पुरस्कार क्लबको सामुदायिक सेवा कार्यक्रममा निरन्तर सक्रिय रहेकालाई प्रदान गरिएको थियो । विशेष योगदान सम्मान विगत वर्षमा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा उल्लेखनीय परियोजना सम्पन्न गर्ने सदस्यलाई दिइयो । युवा नेतृत्व सम्मान  क्लबमा सक्रिय युवा सदस्यलाई प्रदान गरिएको थियो ।

क्लबका नवनिर्वाचित अध्यक्ष रोटेरियन प्रदीप श्रेष्ठले २०२५/२६ का लागि आफ्नो कार्यकाल सुरु गर्दै समुदाय सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । उनले स्वास्थ्य, शिक्षा, सरसफाइ र सांस्कृतिक संरक्षणलाई प्राथमिकता दिने घोषणा गरे ।

रोटरी क्लब अफ पाटन हेरिटेजले विगत चार वर्षदेखि विभिन्न सामाजिक सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसमा निःशुल्क स्वास्थ्य शिविर, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सरसफाइ अभियान, र सांस्कृतिक सम्पदा संरक्षणजस्ता परियोजनाहरू समावेश छन् ।

You might also like

Comments are closed.