नाइमा एक्स्पोमा एभरेष्ट बैंकको अफर: ६.५२ प्रतिशत ब्याजदरमै गाडी कर्जा दिईने

काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा एभरेष्ट बैंकले विशेष छुटसहितको गाडी कर्जा योजना ल्याएको छ । साउन २१ गतेदेखि सुरु भएको एक्स्पो भोलि साउन २६  गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुँदैछ ।

बैंकले ग्राहकलाई ५.२७ प्रतिशत बेसरेटमा १.२५ प्रतिशत प्रिमियम थपेर ६.५२ प्रतिशत ब्याजदरमै गाडी कर्जा उपलब्ध गराउने भएको छ । यस कर्जा योजनामा प्रोसेसिङ शुल्क मात्र ०.५० प्रतिशत लाग्नेछ ।

व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि कार, भ्यान, जिप र एसयूभी खरिद गर्न यो कर्जा लिन सकिनेछ ।  ग्राहकले आफ्नो मासिक आम्दानीको ३० गुणासम्म कर्जा पाउने व्यवस्था गरिएको छ भने भुक्तानीको अवधि अधिकतम ७ वर्ष रहनेछ ।

प्राकृतिक व्यक्तिहरूका लागि गाडीको खरिद मूल्यको कम्तीमा ४० प्रतिशतसम्म र विद्युतीय सवारीसाधनका लागि पनि ४० प्रतिशतसम्म कर्जा उपलब्ध गराइनेछ ।

You might also like

Comments are closed.