‘नाडा अटो शो २०२५’ को उद्घाटन प्रधानमन्त्रीले गर्ने

काठमाडौं । नाडा अटो शो २०२५ को उद्घाटन प्धानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधीमण्डलले प्रधानमन्त्रीसंग भेट गरी प्रमुख अतिथिका  लागि औपचारिक रुपमा आग्रह गरेको छ ।

भेटघाटमा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५० औं वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी समेत प्रधानमन्त्रीलाई दिएका थिए ।

अटोमा शो मा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्ड, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, विन्टेज मोटर शो लगायतका स्टल रहने छन् । पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका UNITREE रोबोट्स् र Deepal eVTOL UAV जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने बताइएको छ ।

सो भेटघाटमा नाडा प्रतिनिधि मण्डलको सो आग्रहलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सहर्ष स्वीकार गरेका र यसबाट अटोमोवाइल व्यवसायीले थप हौसला र प्रेरणा मिलेको बताएका छन् ।

भेटघाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

१७ औं नाडा अटो शो आगामी भदौ ३ गते देखि ८ गतेसम्म काठमाडौको भृकुटीमण्डप परिसरमा आयोजना हुने छ ।

You might also like

Comments are closed.