काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमूखी योजनाहरूले गत वर्षको मुनाफाबाट इकाईधनीलाई प्रतिफल वितरण गर्ने भएका छन् ।
सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले प्रतिफल वितरण गर्ने निर्णय गरेका हुन् । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले २० प्रतिशतका दरले प्रतिफल दिने भएका छन् भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले १७ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो ।
इकाईधनी दर्ता किताव बन्द हुने मिति सम्बन्धी सूचना पछि सार्वजनिक गरिने फण्ड व्यवस्थापकले जनाएको छ ।
Comments are closed.