आज भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले २०८२ साल साउन २७ गते (मंगलवार) को मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशका केही प्रदेशहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

राति कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। बाँकी प्रदेशमा छिटपुट वर्षा हुने पूर्वानुमान गरिएको छ ।

विभागले वर्षासँगै पहिरो, बाढी र जलमग्नता जस्ता जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

You might also like

Comments are closed.