नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको गण्डकी प्रदेश भेला भदौ २ गते

पोखरा । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको गण्डकी प्रदेश स्तरीय भेला तथा अधिवेशन भदौ २ गते सोमबार हुने भएको छ । प्रदेश राजधानी पोखरामा भेला तथा अधिवेशन आयोजना गरिएको महासंघका गण्डकी प्रदेश संयोजक अमृत घिमिरेले जानकारी दिए ।

अधिवेशनले महासंघका प्रदेश संयोजक घिमिरेको नेतृत्वमा प्रदेश समिति चयन गर्नेछन् ।

साथै सोही दिनमा नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको चौथो पूर्ण बैठकसमेत पोखरामे आयोजना गर्न लागिएको महासंघका अध्यक्ष उमाकान्त शर्माले जानकारी दिए ।

महासंघको चौथो पूर्ण बैठक, गण्डकी प्रदेश भेलासँगै व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन सम्बन्धी गोष्ठीसमेत हुने बताइएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको संयोजक घिमिरेले जानकारी दिए ।

You might also like

Comments are closed.