मुख्यमन्त्री गुरुङद्वारा दोविल्ला कटान क्षेत्रको निरीक्षण

पोखरा, ३० भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पोखरा १७ र २१ जोडने दोविल्लास्थित फुस्रेखोला माथिको पुल सहित कटान क्षेत्रको आज निरीक्षण गरेका छन् ।

फुसेखोलाको कटानका कारण सयम समयमा जोखिममा पर्ने गरेको पुल र आसपासको सडक सहितको वस्तिको उनले निरीक्षण गरेका हुन् ।

बिगत केही बर्ष यता बर्षेनी खोलाको कटानको कारण जोखिममा परेको दोविल्ला पुल नजिकै गत वर्षबाट तटवन्ध गरी नियन्त्रणको प्रयास गरिएको छ ।

jutta mela

अवलोकनका क्रममा स्थानीय बासिन्दा र सरोकारवालसंग अन्तकृया गर्दै उनले पुल र वस्तिको संरक्षणका लागि प्रदेश सरकारको तर्पmबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सेतीनदी र फुस्रेखोलाको संगमस्थलकारुपमा रहेको दोविल्ला क्षेत्रको संरक्षण गरी जोखिम न्यूनीकरणका लागि तत्काल कटान नियन्त्रणमा सम्वन्धित निकायबाट तदारुक्ता देखाउनु पर्ने स्थानीय बासिन्दाले मुख्यमन्त्रीसंग माग राखेका थिए ।

दुवै नदीको कटानले सो क्षेत्रमा सहारा क्लबद्वारा सञ्चालित सहारा एकेडेमी लगायतका विभिन्न संघसंस्था सहित ठूलो बस्ती र जग्गा समेत कटानको उच्च जोखिममा परेको स्थानीय कमलमोहन पौडेलले जानकारी दिए ।

You might also like

Comments are closed.