काठमाडौं आइपुग्यो ‘फ्लाइङ कार’, ‘नाडा अटो शो’मा प्रदर्शन गरिने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा हुने नाडा अटो शोे २०२५ मा प्रर्दशन हुने डिपाल eVTOL फ्लाइङ कार र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौं आइपुगेका छन् ।

यी अति उच्च प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनको लागि तयार रहेको  र यस ऐतिहासिक क्षणलाई अटो शो मार्फत दर्शकले प्रत्यक्ष अनुभव गर्नसक्ने नाडाले जनाएको छ ।

१७औं संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण भएको र यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्ने बताइएको छ ।

आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म (१९–२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा नाडा अटो सो संचालन हुने छ ।

You might also like

Comments are closed.