नाडा अटो शोमा स्काईवेलको योजना, युरोप टुरदेखि डायमण्ड नेकलेससम्म

काठमाडौं । नाडा अटो शोको अवसरमा स्काईवेल गाडी खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै जी मोटर्सले आकर्षक अफर ल्याएको छ । अफर अनुसार, प्रत्येक परिवार (दम्पती र दुई बच्चा) लाई युरोप टुरको विशेष सुविधा उपलब्ध हुनेछ। साथै, हरेक बुकिङमा डायमण्ड नेकलेस उपहार दिइनेछ।

त्यसैगरी, १ भाग्यशाली खरिदकर्ताले रोलेक्स घडी जित्ने मौका पाउनेछन् । नाडा अटो शो अवधिभर स्काईवेल गाडीमा मात्र उपलब्ध हुने विशेष एक्सचेन्ज बोनस पनि योजनामा समावेश गरिएको कम्पनीले जनाएको छ ।

नेपालको पहिलो रियल ईभी एसयूभी को रूपमा चिनिएको स्काईवेललाई ग्राहकहरूले नाडा अटो शो २०२५ मा प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् ।

You might also like

Comments are closed.