काठमाडौं । नाडा अटो शो आज सुरु हुँदैछ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा १७औं संस्करणको अटो शो गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे अटो शो उद्घाटन गर्ने कार्यक्रम रहेको नाडा महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।
भृकुटी मण्डप परिसर, प्रदर्शनीमार्गमा हुने अटो शो ६ दिनसम्म चल्नेछ । नाडा अटो शो नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल मेला मानिन्छ । जसमा विभिन्न अटोमोबाइल ब्राण्ड, अटो पाट्र्स, एसेसरीज, वित्तीय संस्थासहितका स्टलहरू रहनेछन् ।
एक दर्जन भन्दा बढी नयाँ गाडीहरु अटो शोमा आज सार्वजनिक हुनेछ । नेपालमै पहिलो पटक फ्लाइङ ट्याक्सीसमेत प्रदर्शनीमा राखिदैछ ।
Comments are closed.