नाडा अटो शोमा साइमेक्स इंकद्वारा बीवाईडी एट्टो २ सार्वजनिक

काठमाडौं । नाडा अटो शो २०२५ मा साइमेक्स इंकले नेपालमा पहिलो पटक बीवाईडी एट्टो २ सार्वजनिक गरेको छ ।  बीवाईडी एट्टो २ नेपालमै सबैभन्दा सहज मूल्यमा उपलब्ध हुने इलेक्ट्रिक कम्प्याक्ट एसयूभीका रूपमा प्रस्तुत गरिएको हो । यो गाडी विशेषगरी युवा व्यवसायी तथा परिवारलाई लक्षित गरी सहज ह्यान्डलिङ, आकर्षक डिजाइन र प्रिमियम सुविधा सहित तयार गरिएको छ ।

एट्टो २ मा बीवाईडीको विश्वप्रसिद्ध ब्लेड ब्याट्री, स्मार्ट इन–क्याबिन प्रविधि तथा प्रिमियम कम्फर्ट फिचर समावेश छन् । ५१.१३ किलोवाटको ब्याट्री सहितको यस एसयूभीले एक पटक चार्जमा ३४५ किलोमिटर सम्म यात्रा गर्न सक्छ । यसमा १०० किलोवाटको मोटरले २९० एनएम टर्क उत्पादन गर्छ भने ० देखि १०० किमी प्रतिघण्टाको गति ९ सेकेन्डमै लिन सक्षम छ ।

यसको आकर्षक एक्स्टेरियरमा फुल एलईडी हेडलाइट, डे–टाइम रनिङ लाइट, फ्लोटिङ रूफलाइन र एलईडी टेललाइट बार रहेका छन् । भित्रतिर सिन्थेटिक लेदर अपहोल्स्ट्री, पावर सिट, फ्ल्याट ईभी फ्लोर डिजाइन, १२.८ इन्चको रोटेटिङ टचस्क्रिन, एप्पल कारप्ले, एन्ड्रोइड अटो, भ्वाइस असिस्टेन्ट लगायतका अत्याधुनिक सुविधा छन् ।

सुरक्षाका लागि एट्टो २ मा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) सहित ६ एयरब्याग, ३६० डिग्री भ्यु मोनिटर, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल जस्ता विशेषता समावेश गरिएको छ ।

नेपालमा यसको प्रारम्भिक मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, जसमा ७ किलोवाटको वाल–माउन्टेड चार्जर समेत उपलब्ध छ । साथै, नाडा अटो शोमा बुकिङ गर्ने ग्राहकले निःशुल्क १ वर्षको अटो प्लस इन्सुरेन्स, ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको विस्तारित वारेन्टी, एसेसरिज प्याकेज र बीवाईडी एप कनेक्टिभिटी पाउनेछन् ।

बीवाईडी एट्टो २ चार रंग  ब्रिज ग्रीन, हार्बर ग्रे, कसमस ब्ल्याक र स्की ह्वाइट मा उपलब्ध हुनेछ। हालै देशभरका बीवाईडी शोरुममा यसको बुकिङ खुला गरिएको छ ।

You might also like

Comments are closed.