काठमाडौं । नामीले नाडा अटो शो २०२५ मा आफ्नो बहुप्रतीक्षित नामी भिगो सार्वजनिक गर्दै नेपाली इलेक्ट्रिक एसयूभी बजारमा नयाँ अध्याय सुरु गरेको छ । नामी ०१ को सफलतापछि आएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रिमियम सुविधा, अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनसहित प्रस्तुत गरिएको छ ।
E2 र E2+ गरी दुई भेरियन्टमा उपलब्ध नामी भिगो आधुनिक शहरी जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको हो। सेग्मेन्ट–फर्स्ट फिचरका रूपमा यसमा मौलिक “हेभन एण्ड अर्थ” टेलगेट, वेलकम तथा मेमोरी सिट, म्युजिक–सिंक एम्बियन्ट लाइटिङ, र बाहिरी स्पिकर जस्ता विशेषताहरू छन् ।
चार्जिङमा पनि भिगो अग्रणी छ। यसले 3C फास्ट चार्जिङ (१६७ DC) सपोर्ट गर्छ, जसले ३०% बाट ८०% चार्ज गर्न जम्मा १८ मिनेट मात्र समय लिन्छ ।
यसका साथै, भिगोमा लेभल २ ADAS, वायरलेस चार्जिङ, वाई–फाई कनेक्टिभिटी, ड्राइभर साइडमा हिटेड तथा भेन्टिलेटेड सिट, अटो हेडलाइट सिस्टम, इन्टेलिजेन्ट एसी मोड (NAV, Rest, Snow) र भ्वाइस कन्ट्रोल जस्ता प्रविधिहरू समावेश छन् ।
डिजाइनका हिसाबले नामी भिगो स्टाइलिश र युथफुल देखिन्छ । “म्याजिक क्युब” एक्सटेरियर, T–आकारका एलईडी हेडलाइट, ट्राइएंगुलर पिक्सेल टेललाइट, डुअल–टोन १८ इन्च रिम्स, मिनिमलिस्ट केबिन, १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, ८.८ इन्च डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, लाई–फ्ल्याट सिटिङ, वायरलेस चार्जिङ, मुनरुफ (E2+) र ३६०° क्यामेरा यसका आकर्षण हुन् ।
मूल्य र अफर
नामी भिगो E2: रु. ३८,९९,०००
नामी भिगो E2+: रु. ४१,९९,०००
तर, नाडा अटो शो २०२५ को विशेष लन्च अफर अन्तर्गत E2 भेरियन्ट रु. ३७,९९,००० र E2+ भेरियन्ट रु. ४०,९९,००० मा उपलब्ध हुनेछ ।नामीले आगन्तुकहरूलाई शोमा नै भिगोको प्रत्यक्ष अनुभव लिन र नेपालको ईभी यात्रामा अर्को कदमको साक्षी बन्न आमन्त्रण गरेको छ।
Comments are closed.