काठमाडौं । अटोमोबाइल व्यवसायमा अग्रणी पहिचान बनाउन सफल लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रालिले नेपाली बजारमा हालै भित्र्याएको विद्युतीय गाडी ‘फोर्थिङ फ्राइडे’लाई चासोका साथ हेरिएको छ । देशभर आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्न सफल भएको लक्ष्मी ग्रुपले यो गाडी भित्र्याएसँगै बिक्रीसँगै बिक्री पछिको सेवामा प्रमुख प्राथमिकता दिने प्रतिबद्धता जनाइसकेको छ ।
यसैक्रममा कम्पनीले ग्राहकलाई लक्षित गरी पाँच वर्षे विशेष अफर सार्वजनिक गरेको छ । नेपालको नयाँ प्रिमियम इलेक्ट्रिक भेहिकल फोर्थिङ फ्राइडेले ‘फ्राइडे टु फ्राइडे, २०२५ – २०३०’ नामक आकर्षक अफरसमेत सार्वजनिक गरेको हो । यस योजनाले ग्राहक सन्तुष्टि, दीर्घकालीन मूल्य र दिगो गतिशीलताप्रति ब्रान्डको प्रतिबद्धतालाई उजागर गर्ने कम्पनीले विश्वास लिएको छ ।
फ्राइडे टु फ्राइडे स्किमअन्तर्गत ग्राहकहरूले पाउने सुविधामा ५ वर्षसम्म निःशुल्क अटो प्लस इन्स्योरेन्स छ । वित्तीय सुरक्षाको लागि यो अफरलाई राम्रो मानिएको छ । ६ वर्षसम्म निःशुल्क सर्भिस, हरेक खरिदमा ७ किलोवाट चार्जर निःशुल्क प्राप्त हुनेछ ।
‘फ्राइडे टु फ्राइडे अफर ग्राहकको लागि इभी स्वामित्वलाई अझ फाइदाजनक बनाउन तयार गरिएको हो । हामी विश्वास गर्छौं, यस कदमले ग्राहकको विश्वास बढाउनेछ र नेपालमा दिगो गतिशीलताको व्यापक स्वीकृति प्रोत्साहन गर्नेछ,’ कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ, ‘यो अफरसँगै, फोर्थिङ फ्राइडेले आफूलाई नवप्रवर्तन, सुरक्षा, र ग्राहक–केन्द्रित अनुभवमा समर्पित प्रिमियम इभी ब्रान्डको रूपमा स्थापित गरेको छ ।’
Comments are closed.