एसटिसी युनियनपे कार्डबाट मोबाइल वालेटमा सजिलै रकम लोड गर्न मिल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT ) ले जारी गर्दै आएको SCT-UnionPay  कार्ड बाट अब नेपालमा सञ्चालन भइरहेका विभिन्न मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न सकिने भएको छ ।

यस सुविधा अन्तर्गत ग्राहकहरूले आफ्नो कार्ड प्रयोग गरी इसेवा, खल्ती, हाम्रो पे लगायतका मोबाइल वालेटहरूमा प्रत्यक्ष रकम लोड गर्न सक्नेछन्। नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवे (N–Pay) मा आबद्ध रहेका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेशनमार्फत पनि यो सुविधा लिन सकिन्छ ।
यस नयाँ सेवाले प्रयोगकर्तालाई आफ्नो SCT-UnionPay कार्ड बाट केवल एटीएम वा बैंकमार्फत मात्र नभई डिजिटल वालेटमार्फत समेत भुक्तानी, ई–कमर्स कारोबार, एयरलाइन टिकट खरिद लगायतका कार्यहरू अझ सहज बनाउन मद्दत गर्नेछ ।  हाल STC ले २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत SCT-UnionPay डेबिट कार्ड जारी गर्दै आएको छ । यस कार्ड प्राप्त गर्न इच्छुक ग्राहकहरूले उल्लेखित सदस्य बैंक तथा वित्तीय संस्थाबाट सजिलै आवेदन दिन सक्नेछन् ।

You might also like

Comments are closed.