प्रोटोन नेपालको नयाँ किर्तिमान, पोखरामा १० वटा इमास ७ को सामूहिक हस्तान्तरण

पोखरा । नेपालमा प्रोटोन मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा ग्राहकहरूलाई १० प्रोटोन इमास ७ इलेक्ट्रिक एसयूभीको सामूहिक हस्तान्तरण गर्दै नयाँ किर्तिमान बनाएको छ ।  समारोहमा प्रोटोन मलेसिया र जगदम्बा मोटर्सका वरिष्ठ व्यवस्थापन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, जसले नेपालको विद्युतीय सवारीसाधन बजारमा प्रोटोनको बढ्दो उपस्थिति देखाएको छ ।

पोखरामा आयोजित उक्त कार्यक्रमले प्रोटन इमास ७ प्रति ग्राहकहरूको अपार विश्वास देखिएको छ, जो पूर्ण रूपमा विद्युतीय एसयूभी हो, जसले स्टाइल, प्रदर्शन, अत्याधुनिक प्रविधि, दीर्घकालीन किफायतपन र आत्मसन्तुष्टिलाई एकसाथ ल्याएको छ । सो अवसरमा बोल्दै जगदम्बा मोटर्सका सिनियर भाइस प्रेसिडेन्ट राजु भेटवालले भने , ‘आजको सामूहिक सवारी हस्तान्तरण केवल कारको हस्तान्तरण मात्र होइन, यो विश्वासको उत्सव हो । पोखरावासीहरूले यातायातको भविष्यलाई अँगालेका छन् र स्वच्छ तथा स्मार्ट यातायाततर्फको यस यात्रामा प्रोटन नेपाल सहभागी हुन पाएकोमा गर्व गर्छ । यो त (हरित नेपाल) ग्रिनर नेपालको दिशामा हाम्रो यात्राको सुरुवात मात्र हो ।’

प्रोटन इमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर, गाडी भित्र प्रशस्त स्थान, उन्नत सुरक्षा प्रविधि तथा उद्योगमै सबैभन्दा बढी ८ वर्षको ब्याट्री वारेन्टीसहितका प्रिमियम विशेषताले  देशभरका ग्राहकको मन जित्न थालिसकेको छ । अब पोखराका ग्राहकहरू उत्सर्जन-रहित सवारीको सुखद अनुभव गरिरहेकै प्रोटन समुदायमा सहभागी हुँदैछन् ।

कार्यक्रमले ग्राहक केन्द्रित पहलहरूप्रति प्रोटनको प्रतिबद्धतालाई पनि दर्शाउँछ, जसमा आकर्षक फाइनान्सिङ योजना, भरपर्दो आफ्टर सेल्स सपोर्ट र विद्युतीय सवारी साधनको स्वामित्वलाई सहज र लाभदायक बनाउने जस्ता दृष्टिकोण समावेश छन् । प्रोटन नेपालले देशभर शोरूम र सेवा सञ्जाल विस्तार गर्दै आफ्नो उपस्थिति फैलाउँदै जाँदा, कम्पनीको ध्यान अझ धेरै नेपाली परिवार र व्यवसायहरूलाई आत्मविश्वासका साथ विद्युतीय सवारीतर्फ रूपान्तरण गर्न सहज बनाउनेतर्फ केन्द्रित बनेको छ ।

 

You might also like

Comments are closed.