काठमाडौं । नाडा अटो शो २०२५ मा दर्शकको आकर्षण देखिएको छ । अटो शो स्थलमा हरेक दिन दर्शकको भिड लागेको छ । तेस्रो दिनसम्म आइपुग्दा ७८ हजार ५ सय १३ जनाले अटो शो अवलोकन गरिसकेको नाडाले जनाएको छ ।
दर्शकको उपस्थितिले यसपटकको अटो शो ऐतिहासिक बनेको अध्यक्ष करण चौधरी बताउँछन् । ८ गतेसम्म चल्ने अटो शोमा बाँकी दिनमा पनि दर्शकको भिड लाग्ने नाडाले विश्वास लिएको छ ।
चार पाँग्रे सवारीमा दर्शकको विशेष आकर्षण देखिएको छ भने इभी गाडी प्रथम रोजाईमा परेका छन् । कम्पोनेन्ट्सका स्टलमा बिगतमा सुनसान हुन्थ्यो भने यस पटक कम्पोनेन्ट्स तर्फ पनि अवलोकनकर्ताको आकर्षण देखिएको छ ।
Comments are closed.