काठमाडौं । फेसियल हाउसले हरेक वर्ष आयोजना गर्दै आएको ‘सेलिब्रेशन अफ कल्चर’ कार्यक्रम यो वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत विभिन्न गीत तथा सांगीतिक प्रतियोगितासँगै फेसियल हाउस एकेडेमीका विद्यार्थीबीच ब्राइडल मेकअप प्रतियोगिता समेत गराइएको थियो ।
उक्त प्रतियोगितामा बिमला श्रेष्ठ विजेता, फस्र्ट रनरअप तारा गुरुङ, सेकेण्ड रनरअप प्रतिमा राइ ठकुरी घोषित भए । त्यसैगरी, विशेष शीर्षकमा बेस्ट परफर्मर रेणु भुजेल बेस्ट रमप वाक रोशनी जोशी, बेस्ट ट्रेडिशनल अटायर प्रिजेन्टेसन मिना पुड़ासी , स्टाइल आइकन अफ द इभेन्ट सरिना बम्जन विजयी भए ।
कार्यक्रमको को–अर्डिनेशन आर्शु महर्जनले गरेका थिए भने मेकअप प्रतियोगिताका निर्णायकहरूमा गंगा लामा, रोहिया महर्जन, टुना थापा, सारुक हुसेन, उषा लोहनी, अनिल योञ्जन, तेन्जिङ शेर्पा र आकृति रायमाझी रहेका थिए । त्यसैगरी कार्यक्रममा नेपाल महिला चेम्बर अफ कमर्सकी अध्यक्ष उर्मिला श्रेष्ठ प्रमुख अतिथि रहेकी थिइन् । प्रमुख अतिथि श्रेष्ठ र अतिथिहरूले विजेताहरूलाई ताज वितरण गरेका थिए



Comments are closed.