काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का उपाध्यक्ष सीए आनन्दराज शर्मा वाग्ले नेपाल धितोपत्र बोर्ड (सेबोन) को बोर्ड सदस्य नियुक्त भएका छन् ।
शुक्रबार सेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वाग्लेलाई शपथग्रहण गराउँदै बोर्डमा स्वागत गरे। सो अवसरमा अन्य बोर्ड सदस्य तथा उच्च पदस्थ कर्मचारीहरुले पनि उनलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३(ङ) अनुसार सेबोनमा आइक्यानबाट एक जना प्रतिनिधि रहने व्यवस्था छ । सोही प्रावधानअनुसार आइक्यानले वाग्लेलाई बोर्ड सदस्यका रुपमा मनोनयन गरेको हो ।
Comments are closed.