पोखरामा हुन्डाईको ‘दशैं तिहार १० गुणा उपहार’, एक्सपेरियन्स ड्राइभ र एक्सचेन्ज क्याम्प

पोखरा । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि., नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता, ले भाद्र २ गतेदेखि सुरु गरेको चाडपर्व विशेष योजना ‘दशैं तिहार १० गुणा उपहार’ अभियानअन्तर्गत पोखरामा विशेष कार्यक्रम आयोजना गरेको छ।

यस अभियानअनुसार हुन्डाई पोखराले भाद्र ७ र ८ गते बुद्धचोकस्थित सोरुममा ‘एक्सपेरियन्स ड्राइभ’ र ‘एक्सचेन्ज क्याम्प’ आयोजना गरेको हो। कार्यक्रममा ग्राहकहरूले हुन्डाईका गाडी प्रत्यक्ष परीक्षण गर्ने अवसर पाउनेछन्।

अभियानअन्तर्गत ग्राहकहरूले नगद छुटमा ८ लाख रुपैयाँसम्म र स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्म जित्ने अवसर पाउनेछन्। साथै, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, एक वर्षको निःशुल्क बीमा तथा सडक कर छुटको सुविधा उपलब्ध हुनेछ।

सबै हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङको सुविधा पनि रहने छ। हुन्डाई नेपालले नयाँ गाडी खरिद गर्ने सोचमा रहेका ग्राहकलाई पोखरा बुद्धचोकस्थित सोरुममा आएर विशेष अफरको लाभ लिन आग्रह गरेको छ।

You might also like

Comments are closed.