काठमाडौं । नाडा अटो शो २०२५ लाई अहिलेसम्मकै भव्य र उत्कृष्ट दावी गरिएको छ । आयोजक नाडाले १७औं संस्करणको अटो शो दर्शकको उपस्थिति र व्यवस्थापनका दृष्टिले भव्य र उत्कृष्ट रहेको दावी गरेको छ ।
आइतबार एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अटो शो समापन गरेका छन् । भदौ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अटो शो ६ दिनसम्म चल्यो । ६ दिनसम्मम १ लाख ७६ हजार ७८९ दर्शकले अटो शो अवलोकन गरेको नाडाले जनाएको छ ।
उड्ने सवारी साधन, रोवोटिक म्यान र डगका कारणले मात्र होइन थुप्रै नयाँ ब्रान्डका विद्युतीय सवारी साधनहरुको कारण यो प्रदर्शनीमा निकै भिड लागेको नाडा अध्यक्ष करण चौधरी बताउँछन् ।
‘यो अटो शो बिगतको भन्दा निकै भब्य र बृहत भएको अबलोकनकर्ताहरुले समेत टिप्पणी गरेका छन् । सुस्ताइरहेको अटोमोवाइल व्यवसायका बावजुद पनि आयोजना गरिएको यो अटो शो ले अटोमोवाइल व्यवसायलाई मात्र होइन देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन समेत मद्धत पुग्ने हामीले अपेक्षा गरेका छौं,’ नाडा महासचिव सुरेन्द्रकुमार उप्रेतीले भने ।
नाडा अटो शोमा अटो मोबाइल प्रडक्टहरुको प्रदर्शनीसँगै विविध विषयमा छलफल तथा अन्तरक्रियासमेत गरिएको थियो ।
यस पटकको अटो शोमा चारपाङ्ग्रे सवारीसाधनको स्टलमा दिपाल, एमएडब्लु अटो कर्प प्रा.लिले उत्कृष्ट स्टल बनेको छ । उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल रोयल इनफिल्ड अल्फा अटोमोटिभ प्रा.लि.ले जितेको छ ।
त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड डिएफएसेको (अद्धेत इभि प्रा.लि)ले जितेको छ र बेष्ट सर्पोटिङ स्टलको बेष्ट एवार्ड हिट्को प्रा.लि.ले जितेको छ । त्यसैगरी बैंक तथा इन्स्यारेन्सहरुमा ग्लोवल आई.एम.ई. बैंक लिमिटेडले जितेको छ ।
नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका सहकोषाध्यक्ष पंकज अग्रवालको संयोकत्वमा कमिटि बनाएको थियो ।
समापन कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ लाई सफल बनाउन सहयोग पु¥याउने सवै सरोकारवाला कम्पनी र संस्था सवैलाई धन्यवाद ज्ञापन गरे । नाडा अटो शो २०२५ सम्पन्न गर्न अध्यक्ष चौधरी कै संयोजकत्वमा नाडा अटो शो २०२५ तयारी समिति समेत गठन गरेको थियो । उक्त प्रदर्शनीको क्रममा नाडाले सोही परिसरमा लायन्स क्लव अफ काठमाण्डौसंगको सहकार्यमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो ।
Comments are closed.