नाडा स्थापनाको ५० वर्षपछि महासंघमा रुपान्तरणको तयारी

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाललाई महासंघमा रुपान्तरणको तयारी गरिएको छ ।

नाडाले आयोजना गरेको १७औं संस्करणको नाडा अटो शोको समापनको दिन आइतबार साँझ बसेको नाडा कार्यसमितिको २१औं बैठकले ‘नाडा अटोमोवाइल्स महासंघ नेपाल’मा रूपान्तरण गर्ने प्रस्ताव गरेको छ ।

सो प्रस्तावसहित भदौ २४ गते विशेष साधारणसभा आह्वान गर्ने घोषणा गरेको छ । यो कदम नाडाको स्वर्ण जयन्ती वर्षतर्फको ऐतिहासिक तयारीका रूपमा लिइएको नाडाले जनाएको छ ।

You might also like

Comments are closed.