काठमाडौं । नेपाल वितरक संघको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ । यही भदौ १४ गते साधारणसभा तथा निर्वाचन तोकिएसँगै संघमा चुनावी माहोल बढेको हो ।
भदौ १० गते (आज मंगलबार) बेलुका ५ बजेसम्म सदस्यता नवीकरणको समय तोकिएको छ । आज ५ बजेसम्म सदस्यता नवीकरण गर्ने सदस्यले मात्रै मतदानमा सहभागी हुन सक्नेछन् । जसले गर्दा मतदाताहरू आफ्नो मताधिकार सुरक्षित गर्न व्यस्त देखिन्छन् । भोलि भदौ ११ गते उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ ।
संघमा आकांक्षीहरूको संख्या धेरै रहेपनि सहमतिमा नै नयाँ नेतृत्व चुनिने सम्भावना बलियो छ । पूर्व अध्यक्षहरू र वर्तमान अध्यक्ष लगायतले सर्वसम्मतिको प्रयास गरिरहेका छन् ।
संघले काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण वितरकहरूको हकहितको संरक्षण, व्यावसायिक विकास तथा पारदर्शिताका लागि काम गर्दै आएको छ ।
Comments are closed.