होन्डाले सार्वजनिक गर्यो “चंगा उड्छ फरर, होन्डा कारमा सरर” दसैं योजना

काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले दसैं अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना “चंगा उड्छ फरर, होन्डा कारमा सरर” सार्वजनिक गरेको छ।

“यो दसैं Best Value रोज्नुहोस्“ भन्ने नाराका साथ ल्याइएको योजना २०८२ भदौै ७ गतेदेखि कार्तिक १४ गतेसम्म नेपालभरका सबै होन्डा शोरूमहरूमा लागू हुनेछ । यस योजनाको मुख्य उद्देश्य चाडपर्वको समयमा गाडी खरिद गर्न चाहने ग्राहकलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्नु रहेको बताइएको छ ।

यस योजना अन्तर्गत ग्राहकले होन्डा कारको खरिदमा विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्। कम्पनीले रु. ४,००,००० सम्मको आकर्षक नगद छुटको व्यवस्था गरेको छ। यसका साथै, ग्राहकहरूले ५ वर्षको लागि निःशुल्क सर्भिसिङ, १ वर्षको निःशुल्क फुल इन्स्योरेन्स, र १ वर्षको लागि सडक करमा छुट जस्ता सुविधा पनि पाउनेछन् । पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकहरूका लागि रु. २५,००० बराबरको एक्सचेन्ज बोनसको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यसबाहेक, ग्राहकले हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी, र एक पटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्स जस्ता थप सुविधा पनि प्राप्त गर्नेछन् । यी सबै अफरहरूले ग्राहकहरूलाई होन्डा गाडीको स्वामित्व ग्रहण गर्दा पूर्ण मानसिक शान्ति र उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ। यो योजना होन्डाका लोकप्रिय मोडेलहरू जस्तै होन्डा सिटी, सिटी ईःएचईभी, एलिवेट, अमेज, र सिटी फिफ्थ जेनेरेसन लगायतका गाडीहरूमा उपलब्ध हुनेछ ।

You might also like

Comments are closed.