व्यापार तथा निकासी प्रवर्द्धन विकास समितिमा चलाउने नियुक्त

काठमाडौं । सरकारले व्यापार तथा निकासी प्रवर्द्धन विकास समितिमा युवा व्यवसायी निराजन बहादुर चलाउनेलाई नियुक्त गरेको छ ।

बर्दियाको गेरुवा गाउँपालिका–४ का चलाउनेलाई सरकारले उक्तमा नियुक्त गरेको हो । ३ वर्षे कार्यकालका लागि उनी मनोनीत भएका हुन् । यस अगाडि पनि उनले सो समितिमा सदस्य रहेर काम गरिसकेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन आदेश, २०६३ (संशोधन सहित) को दफा ८ बमोजिमको सिफारिस समितिको निर्णय अनुसार उनलाई नियुक्ति तथा मनोनयनका लागि सिफारिस गरेको थियो ।

चलाउनेको नियुक्तिले व्यापार तथा निकासी प्रवर्द्धनका क्षेत्रमा थप गतिशीलता आउने विश्वास गरिएको छ । उनको अनुभव र ज्ञानले नेपालको निर्यात व्यापारलाई बढावा दिन र नयाँ बजार पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.