बजाज प्रिमियर लिग : दशैं–तिहारमा मोटरसाइकल खरिदसँगै उपहारको उत्सव

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं र तिहारलाई लक्षित गर्दै नयाँ क्याम्पेन ‘बजाज प्रिमियर लिग (BPL)’ सार्वजनिक गरेको छ । नेपालीका लागि मोटरसाइकल आज केवल यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीक भइसकेको सन्दर्भमा यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ ।

यो क्याम्पेनमा मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमा रन संकलन गर्दै नगद पुरस्कार जित्ने अवसर पाउनेछन् । सातै प्रदेशका विजेताले हरेक हप्तामा ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने ‘स्टार पर्चेजर’ बन्ने ग्राहकलाई एक लाख रुपैयाँ नगद उपहारको व्यवस्था गरिएको छ। साथै चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसर पनि यसमा समावेश छ ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाका अनुसार, नेपालमा बजाजलाई भरपर्दो ब्रान्डका रूपमा स्थापित गर्दै आएको कम्पनीले यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ मजबुत बनाउन खोजेको हो । उनका अनुसार दशैं–तिहारलाई रमाइलो मात्र नभई जितको उत्सव बनाउन BPL सहयोगी हुने विश्वास लिइएको छ ।

त्यसैगरी यो अभियानले मोबाइल गेमप्रेमीलाई पनि आकर्षित गर्ने उद्देश्य राखेको छ । मोबाइलमै क्रिकेट खेल्दै रन संकलन गरेर विभिन्न उपहार जित्न सकिने व्यवस्था कम्पनीले गरेको छ । यसरी, ‘बजाज प्रिमियर लिग’ले मोटरसाइकल खरिदकर्तालाई नगद पुरस्कारसँगै क्रिकेटको उत्साह र पर्वको रमाइलो जोड्ने नयाँ अनुभव दिनेछ ।

You might also like

Comments are closed.