युके जाने विद्यार्थीहरूका लागि प्रि-डिपार्चर ओरियन्टेशन सम्पन्न

काठमाडौं । युनाइटेड किङ्गडमको सेप्टेम्बर २०२५ भिसा प्राप्त गरेका विद्यार्थीहरूका लागि जी एन्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्ट्सद्वारा प्रि-डिपार्चर ओरियन्टेशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा करिब ४० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रह्यो भने केही विद्यार्थीहरू व्यक्तिगत कारणले अनुपस्थित रहेका थिए ।

विशेष अतिथि संविधान सभाकी सदस्य तथा जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले अध्ययनपश्चात आफ्नै मुलुक फर्किएर जिम्मेवार नागरिकका रूपमा योगदान गर्न विद्यार्थीहरूलाई आग्रह गरे ।

मुख्य वक्ता युके–रिटर्ने युवा उद्यमी तथा स्वप्ना बग रिसोर्टका प्रबन्ध निर्देशक असिम गुरुङले विद्यार्थी जीवनका अनुभव, विदेशमा अवसर र चुनौतीबारे प्रेरणादायी सन्देश दिए । कार्यक्रमको अध्यक्षता जी एन्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्ट्सका प्रमुख कार्यकारी अधिकृत राजन पन्थीले गरेका थिए ।

ओरियन्टेशन अन्तर्गत विद्यार्थीहरूलाई ‘Token of Love’ वितरण गरिएको थियो । साथै युनाइटेड किङ्गडममा अध्ययन, सांस्कृतिक अनुकूलन, जिम्मेवारी र अवसरबारे जानकारीमूलक सत्रहरू पनि सञ्चालन गरिएको थियो ।

कार्यक्रमका वक्ताहरूले विद्यार्थीहरूलाई आगामी यात्राप्रति आत्मविश्वासी रहन प्रेरणा दिँदै मुलुकको भविष्यका लागि जिम्मेवारीपूर्वक अध्ययनमा समर्पित हुनुपर्ने सन्देश प्रदान गरेका थिए । संस्थाका प्रमुख पन्थीले भने, “हामी केवल विद्यार्थीहरूलाई विदेश पठाउने मात्र होइन, नयाँ परिवेशमा आत्मविश्वासका साथ अघि बढ्न सक्षम बनाउने लक्ष्य लिएका छौं।”

You might also like

Comments are closed.

Secret Link