केक्यानको आयोजनामा कोरिया शैक्षिक मेला हुने

काठमाडौं । कोरिया शैक्षिक परामर्श संघ (केक्यान)को आयोजनामा उच्च शिक्षा अध्ययनका लागि कोरिया जान चाहने विद्यार्थीलाई लक्षित गरि बृहत कोरिया शैक्षिक मेला २०८२ हुने भएको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा भदौ २१ गते शनिबार बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म शैक्षिक मेला संचालन हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

शैक्षिक मेलामा नेपाल तथा कोरियाका शैक्षिक अवसर, छात्रवृत्ति, अध्ययनका प्रक्रिया, भिसा प्रक्रिया, पाठ्यक्रम, कोरियन सरकारका नीति नियम लगायतका वारेमा जानकारी दिइने संघका अध्यक्ष विष्णु खड्काले जानकारी दिए ।

मेलामा संघमा आवद्ध २३ शैक्षिक संस्थाको सहभागिता रहने तथा नेपाल सरकारबाट तालिम प्राप्त परामर्शदाताबाट परामर्श प्रदान गरिने संघका निवर्तमान अध्यक्ष गणेश शर्माले बताए । अध्ययनका लागि कोरिया पुगेपछि विद्यार्थीलाई समस्या परेमा कोरियामा रहेको नेपाली राजदुतावास तथा एनआएनएहरुसँग सहकार्य गरेर समस्या समाधान गर्दै आएको शर्माले जानकारी दिए ।

शैक्षिक मेलामा विभिन्न बैंक तथा शैक्षिक सेवा प्रदायकको सहभागिता रहने बताइएको छ । मेलामा १ हजार ५ सय भन्दा धेरै विद्यार्थी तथा अभिभावकको सहभागिता रहने केक्यानको अपेक्षा छ ।

 

 

You might also like

Comments are closed.