‘विदेश जाने विद्यार्थीलाई उचित परामर्श आवश्यक छ, हामीले स्वच्छ र पारदर्शी व्यवसाय गरिरहेका छौं’

ओम प्रकाश गैरे, अध्यक्ष, इक्यान कास्की

कोभिड महामारी लगायत विविध कारणले केही वर्षदेखि स्थगित भएको इक्यान शैक्षिक मेलालाई हामीले यस वर्ष आठौं संस्करणका रुपमा निरन्तरता दिन हामी सफल भएका छौं । इक्यान कास्कीका कार्यसमितिका साथीहरु, सल्लाहकार ज्युहरु, इक्यानका कास्कीका सम्पूर्ण सदस्य संस्थाहरुको प्रत्यक्ष सक्रियता र साथ तथा हाम्रो छाता संस्था इक्यान केन्द्रको अभिभावकीय भूमिकाका कारण हामीले आजको इक्यान फेयर आयोजना गर्न सफल भएका छौं ।

यो शैक्षिक मेलालाई भव्य र सशक्त बनाउन साथ दिनुहुन सम्पूर्णप्रति म आभारी छु । विशेष गरी विभिन्न शीर्षकमा प्रायोजनमा रहेर साथ दिनुहुने प्रायोजक ज्युहरु एवं स्टल राखेर सहभागिता जनाउनुभएका सम्पूर्ण कम्पनीहरुप्रति पनि म आभारी छु ।

हामी एजुकेशन कन्सल्टेन्सीहरुले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेका छौं । हाम्रो चाहना नेपालका विद्यार्थी स्वदेशमा उच्च शिक्षा अध्ययन गरोस् र आफ्नै भूमिका केही गरोस् भन्ने नै छ । तर, आजको दिनमा स्वदेशमै बसेर गुणस्तरीय शिक्षा प्राप्त गर्नुमा भन्दा पनि धेरै जसो विद्यार्थी विदेशमा जाने र आफ्नो भविष्यलाई सुरक्षित गर्ने सोच राखेको यथार्थता हामी माझ छर्लङग छ ।

संसारको जुनसुेकै कुनामा गएर भएपनि उच्च शिक्षा अध्ययन गर्नु र पढ्नुलाई हामीले नराम्रो मान्न सक्दैनौं । स्वदेशमा होस वा विदेशमा जुनसुकै स्थानमा गएर पनि पढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यद्यपि, सकेसम्म नेपाली विद्यार्थीलाई स्वदेशमै राख्नका लािग यहाँको शिक्षामा आमुल परिवर्तन आवश्यक छ र उच्च शिक्षा पछि रोजगारीको ज्ञारेन्टीसहित सुरक्षित भविष्यको सुनिश्चित वातावरण आवश्यक छ । यसका लागि नेपाल सरकारले ध्यान दिन जरुरी छ ।

आजको दिनमा विदेश जान चाहने विद्यार्थीलाई सत्य तथ्य परामर्श र अभिभावकीय भूमिका आवश्यक छ । विदेशमा गइसकेपछि यहाँका विद्यार्थीले दुःख पाउनुहुँदैन र विदेश जानुपूर्व त्यहाँको कलेज, विश्वविद्यालय र सम्बन्धित देशका नीति नियम, भिसा प्रक्रिया लगायतका बारेमा विद्यार्थी र अभिभावकमा पूर्ण जानकारी हुनु आवश्यक छ । त्यही आवश्यकतालाई पुरा गर्ने काम हामी इक्यानियन साथीहरुले गर्दै आइरहेका छौं । हामीहरु नेपाल सरकारको शिक्षा मन्त्रालय, प्रदेशको शिक्षा मन्त्रालय लगायत सम्बन्धित ठाउँमा दर्ता भएर र नेपाल सरकारको स्वीकृतिमा सञ्चालित छौं । हामीले स्वच्छ र पारदर्शी व्यवसाय गरिरहेका छौं । हामीले विद्यार्थीलाई उचित र अति आवश्यक परामर्श सेवा प्रदान गरिरहेका छौं ।

यसैक्रममा इक्यान कास्कीले आठौं संस्करणको शैक्षिक मेला पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युटमा आयोजना गरेको छ । आज (भदौ २०) सुरु भएको यो मेला भोलि (भदौ २१ शनिबार) सम्म चल्नेछ । जो विद्यार्थी विदेश अध्ययनका लागि जान चाहन्छन् उनीहरुको लागि यो मेला महत्वपूर्ण अवसर हो । एउटै छानामुनि धेरै कन्सल्टेन्सीको सहभागिता छ । विदेशस्थित विभिन्न देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि लगायत हामीसँग सरोकार राख्ने अन्य कम्पनी तथा बैंक तथा वित्तीय संस्थाहरुको पनि उपस्थिति छ । यो कार्यक्रममा सहभागी भएर लाभ लिनुहुन म सम्पूर्ण विद्यार्थी र अभिभावक ज्युहरुमा म इक्यान कास्कीको अध्यक्षको तर्फबाट हार्दिक अपिल गर्दछु ।

(इक्यान कास्कीले पोखरामा आयोजना गरेको इक्यान शैक्षिक मेलाको उद्घाटनको अवसरमा अध्यक्ष गैरेद्वारा प्रस्तुत मन्तव्यको सम्पादित अंश)

You might also like

Comments are closed.