कबिराज खनाल, लेखनाथ । महिला उद्यमी जानुका पराजुली अधिकारी लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएकी छन् । पोखराको लेखनाथ क्षेत्रका उद्योगी व्यवसायीहरूको साझा संस्था लेखनाथ उद्योग वाणिज्य संघको १५औं अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जानुकाले ९९६ मत प्राप्त गर्दै प्रतिस्पर्धी राजेन्द्र ओझालाई पराजित गर्न सफल भएकी हुन् । ओझाले ८३३ मत प्राप्त गरेका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघले पहिलो पटक महिला अध्यक्ष प्राप्त गरेको हो । संघमा लामो समयदेखि सक्रिय छन् । अध्यक्षमा निर्वाचित गराउने सम्पूर्ण मतदाताप्रति उनले आभार व्यक्त गरेकी छन् । उद्योगी, व्यवसायी तथा निजी क्षेत्रको हकहित र समग्र लेखनाथको विकासमा योगदान पुग्ने गरी आफ्नो समितिले काम गर्ने उनले प्रतिबद्धता जनाएकी छन् ।
अध्यक्षसहित जानुका पराजुलीको प्यानलले सम्पूर्ण पदाधिकारी र सदस्यतर्फ पनि ‘क्लिन स्विप’ गर्दै विजय हासिल गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बाँस्तोला ९६६ मतसहित विजयी भए । प्रतिस्पर्धी उपेन्द्रराज सुबेदीको पक्षमा ८५३ मत खसेको थियो । प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य ११५० मतसहित विजयी हुँदा प्रतिद्वन्दी मेनुका श्रेष्ठले ६७४ मत प्राप्त गरिन् । द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराई १२१८ मतले विजयी हुँदा धिरजकुमार श्रेष्ठलाई ६०३ मत प्राप्त भयो । महासचिवमा भरतराज ओझा विजयी भएका छन् । उनले ९५५ मत प्राप्त गर्दा अर्का उम्मेदवार जीवन तिवारी ८७६ मत प्राप्त गरे । उपमहासचिवमा गंगा मल्ल १०६६ मतसहित विजयी हुँदा अर्का उम्मेदवार लक्ष्मी ढुंगानाले ७६६मत प्राप्त गरिन् । कोषाध्यक्षमा हरि बस्ताकोटी १०२७ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी टिकाबहादुर सापकोटा ७७८ मतमा सीमित रहे ।
खुला सदस्यमा सुजन न्यौपाने (१०७२), प्रतिक्षा रानाभाट (१०४०), भविन्द्र पुन (१०३६), बिरेन्द्रराज भुर्तेल (९७७), दिपक अधिकारी (९६०), प्रभा पौडेल लामिछाने (९४४), कृष्णप्रसाद तिमिल्सिना (८८३) र सन्दिप बुढाथोकी (८८३) निर्वाचित भए । महिला सदस्यमा शर्मिला श्रेष्ठ (११८४) र गंगा सापकोटा परियार (९१०) विजयी भए । एसोसिएट सदस्यमा दयाराज भण्डारी २७ मतसहित विजयी भए भने संस्थागत सदस्यमा बिरभद्र कंडेल निर्विरोध निर्वाचित भए ।
Comments are closed.