काठमाडौं । एनसेलले उपभोक्ताहरुलाई सहज सञ्चारको पहुँचको सुनिश्चितताको लागि, आजदेखि लागु हुने गरी अगामी दुई दिनका लागि निःशुल्क लोकल भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराउने भएको छ ।
एनसेलले आज विज्ञप्ति जारी गरी उक्त सेवाको बारेमा जानकारी गराएको छ ।
यसैबीच, एनसेलले विकसित भएको दुर्भाग्यपूर्ण घटनाक्रमबाट अत्यन्तै मर्माहित भएको जनाएको छ । ‘हामी एनसेल परिवार देशभरमा हालै विकसित भएको दुर्भाग्यपूर्ण घटनाक्रमबाट अत्यन्तै मर्माहित भएका छौं । यस दुःखद घडिमा मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति हामी हार्दिक समवेदना व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ,’ आम उपभोक्तालाई परिवर्तन र संकटको समयमा देश विदेशमा रहेका आफन्तजनहरुसँग सम्पर्क निरन्तर कायम राख्नु हाम्रो प्राथमिकता हो ।’
भाद्र २४ गते मंगलबार कम्पनीको केन्द्रीय कार्यालयमा आन्दोलनकारीहरु प्रवेश गरेर तोडफोड गरेका छन् । दूरसञ्चार जस्तो अत्यावश्यक तथा सार्वजनिक सम्पत्तिमाथि क्षति भएमा समग्र सेवामा अवरोध उत्पन्न भई उपभोक्ताहरुलाई मर्का पर्ने सुनिश्चित छ । त्यसैले यस्ता अत्यावश्यक सेवा तथा सम्पत्ति माथि कुनै पनि क्षति नपु¥याइदिन र अविच्छिन्न सञ्चार सेवा प्रदान गर्न सहयोग गर्न एनसेलले सबैमा आग्रह गरेको छ ।
Comments are closed.